Kathmandu Press

उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा छ : मन्त्री भण्डारी

भण्डारीले निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको बताए।
उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा छ : मन्त्री भण्डारी

काठमाडौं, चैत २८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विगत लामो समयदेखि उद्योग वाणिज्य महासंघले नेपाली उद्योग व्यवसायको  प्रवद्र्धन र विकासमा महत्वपूर्ण  भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षीक साधारण सभा एवं उदघाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको बताए।

Hardik ivf

‘विगत लामो समयदेखि उद्योग वाणिज्य महासंघले नेपाली उद्योग व्यवसायको  प्रवद्र्धन र विकासमा महत्वपूर्ण  भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भने, ‘निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको छ।’

उनले विश्वव्यापी आर्थिक मन्दीको प्रभाव, कोभिड १९ को महामारीले सिर्जना गरेको अवरोध र भूराजनीतिक अवस्थाका कारणले अर्थतन्त्रमा केही दबाव महसुश भएको बताए। उनले सरकारी चुनौतिहरुको सामना गर्दै अर्थतन्त्रलाई पुनः लयमा फर्काउन र दिगो  आर्थिक विकासको मार्गचित्र कोर्न दृढसंकल्पित रहेको पनि बताए।

मन्त्री भण्डारीले सरकारले उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा राखेको बताए। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन र विभिन्न नीतिगत तथा कार्यक्रमिक प्रयासहरु सरकारले थालिरहेको बताए।

‘उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको छ। हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन र विभिन्न नीतिगत तथा कार्यक्रमिक प्रयासहरु थालेका छौं,’ उनले भने।

प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, चैत २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्