Kathmandu Press

डा.तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्। 
डा.तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

काठमाडौं, चैत २५ : नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ। 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्। 

Hardik ivf

महाप्रसाद अधिकारी गभर्नरको पाँचवर्षे सेवा अवधि पूरा गरेर अवकासमा गएपछि रिक्त पदमा ढुंगानालाई कामुको जिम्मेवारी तोकिएको हो। 

राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। 
 

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, चैत २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्