सुनको मूल्य १९ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार?
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो।
काठमाडौं, चैत २४ : नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा एक हजार नौं सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ। आइतबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँ कायम भएको हो।
प्रकाशित मिति: ११:२८ बजे, आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1744272798.jpg)