Kathmandu Press

राष्ट्र बैंकबाट विदा भए गभर्नर अधिकारी

अधिकारीले पत्रकार सम्मेलनकाक्रममा आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको बताउँदै राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको गुनासो पोखे। 
राष्ट्र बैंकबाट विदा भए गभर्नर अधिकारी
फाइल तस्बिर।

काठमाडौं, चैत २१ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शुक्रबार नेपाल राष्ट्र बैंकबाट बिदा भएका छन्। 

अधिकारी २०७६ चैत २४ गते पाँच बर्षका लागि राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । उनले बिदा भएर निस्कनुअघि राष्ट्र बैंकमन पत्रकार सम्मेलन गरेका थिए। 

अधिकारीले पत्रकार सम्मेलनकाक्रममा आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको बताउँदै राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको गुनासो पोखे। 

अधिकारीले केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको दाबी पनि गरे। 

राष्ट्र बैंकको स्वायत्ततालाई जोगाउन सहयोग गरेको उनले सर्वोच्च अदालत, न्यायाधीश, कानुनव्यवसायीप्रति धन्यवाद पनि दिए। 

आफ्नो कार्यकालभरमा सहयोग गर्ने राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर, वर्तमान डेपुटी गभर्नर, अवकाशप्राप्त कार्यकारी निर्देशक तथा कर्मचारी, वर्तमान कार्यकारी निर्देशक तथा कर्मचारी, सञ्चारमाध्यम लगायतलाई धन्यवाद पनि दिए।


 

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, चैत २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्