Kathmandu Press

चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

यस्तै, विश्व बैंकले चालु अबको सुरुआतमै नेपालमा बाढी पहिरोलगायत ठूला प्राकृतिक विपत्ति आएपनि आर्थिक वृद्धिदरमा सुधार हुने देखिएको जनाएको छ।
चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, चैत २१ : विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 

विश्व बैंकको उक्त प्रक्षेपण गत आर्थिक वर्षको भन्दा ०.६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो। 

यस्तै, विश्व बैंकले चालु अबको सुरुआतमै नेपालमा बाढी पहिरोलगायत ठूला प्राकृतिक विपत्ति आएपनि आर्थिक वृद्धिदरमा सुधार हुने देखिएको जनाएको छ।

विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल विकास प्रतिवेदनः आर्थिक वृद्धि उकास्नका लागि उद्यमशिलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन’ प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो। 

प्रतिवेदन अनुसार यो वर्ष मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनमा वृद्धि भएकाले आर्थिक वृद्धिमा सुधार आउने प्रक्षेपण भएको छ। 

यस्तै, २०८२/८३ र २०८३/८४ मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने पनि प्रक्षेपण पनि विश्व बैंकले गरेको छ। 

विश्व बैंकको प्रतिवेदनमा नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिमलाई पनि औंल्याइएको छ। 

यस्तै, नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावनाका साथै सरकारले बारम्बार कर्मचारीहरूको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पूाजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि उल्लेख गरिएको छ। 

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, चैत २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्