Kathmandu Press

माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा 

यो सेवा प्रयोग गर्दा व्यापारिक संस्थाहरूले आफ्ना सबै कारोबारहरू एकै ठाउँमा प्राप्त गर्न सक्ने बताइएको छ।
माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा 

काठमाडौं, चैत २१ : सिटी टेकको एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर ‘गेटपे’लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँग‍को सहकार्यमा माछापुच्छ्रे बैंकमार्फत प्रयोगमा ल्याएको छ। 

यो सेवाले व्यापारिक भुक्तानीलाई छिटो र सजिलो बनाउने दाबी बैंकले गरेको छ। 

Hardik ivf

बैंक र वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न सजिलो बनाउने गरी सिटी टेकले यो प्लाटफर्म विकास गरेको हो। बैंक तथा वित्तीय संस्थाहरूलाई एकै स्थानमा सबै भुक्तानी व्यवस्थापन गर्न मद्दत गर्ने गरी माछापुच्छ्रे बैंक​मा गेटपे कार्यान्वयनमा ल्याइएको सिटीटेकले जनाएको छ। 

यो सेवा प्रयोग गर्दा व्यापारिक संस्थाहरूले आफ्ना सबै कारोबारहरू एकै ठाउँमा प्राप्त गर्न सक्ने बताइएको छ। ​सिटी टेकका अनुसार गेटपे सेवाले भुक्तानी, हिसाब र व्यापारीहरूको गतिविधि एकै ठाउँबाट हेर्न सजिलो बनाउनेछ।

गेटपे प्रयोगमा ल्याएपछि व्यापारीहरूले सबै भुक्तानी एकै ठाउँबाट हेर्न र व्यवस्थापन गर्न सक्नेछन्। यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ।

यस सेवाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप बलियो बनाउने सिटी टेकको अपेक्षा छ। कम्पनीका अनुसार गेटपेले काम सजिलो बनाउनुका साथै भुक्तानीको जानकारी पनि दिन्छ भने सही निर्णय लिन मद्दत गर्नेछ।

प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्