Kathmandu Press

चार दिन लगातार बढेको सुनको मूल्य बुधबार कति पुग्याे?

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको मूल्य एक लाख ७९ हजार एक सय रुपैयाँमा कायम भएको छ।
चार दिन लगातार बढेको सुनको मूल्य बुधबार कति पुग्याे?

काठमाडौं, चैत २० : चार दिनदेखि लगातार बढेर रेकर्ड कायम गरेको सुनको मूल्य नेपाली बजारमा बुधबार घटेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको मूल्य एक लाख ७९ हजार एक सय रुपैयाँमा कायम भएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सात सय रुपैयाँ थियो। यो सुनको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। 

आज चाँदीको मूल्य पनि घटेको छ। आज पनि चाँदीको मूल्य प्रतितोला दुई हजार १५ रुपैयाँ घटेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ। 

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, चैत २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्