Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से

मंगलबार व्यापार समूह ३.८० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। 
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, चैत १९ : मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा कायम भएको छ।

मंगलबार ३२० कम्पनीका एक करोड ६ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५ सय ४८ पटक खरिदबिक्री भएको छ। जसमा पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७ सय रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार व्यापार समूह ३.८० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। 

बैंकिङ समूह ०.७४, विकास बैंक ०.९५, वित्त १.८४, होटल तथा पर्यटन १.७४, जलविद्युत् ०.९९ र लगानी ०.४४ प्रतिशतले घटेको छ। 

यस्तै, जीवन बिमा ०.६३, उत्पादन तथा प्रशोधन ०.५२, लघुवित्त १.१०, म्युचुअल फन्ड ०.०२, निर्जीवन बिमा ०.३८ र अन्य समूह १.३९ प्रतिशतले घटेको छ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड छ। उसको शेयर मूल्य ५.५६ प्रतिशतले घटेको छ। 

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको ६४ करोड २५ लाख ६६ हजार ६२२ बराबरका छ लाख २७ हजार ३०९ कित्ता शेयर किनबेच भएका छन्।

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, चैत १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्