Kathmandu Press

आजदेखि त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

आजदेखि विमानस्थल बिहान ६देखि राति १२ बजेसम्म सञ्चालन हुने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन्। 
आजदेखि त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

काठमाडौं, चैत १९ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ। 

आजदेखि विमानस्थल बिहान ६देखि राति १२ बजेसम्म सञ्चालन हुने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन्। 

गत कात्तिक २३ देखि दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो। 

विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सकिएको र समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको उनले बताए। 

हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। विमानस्थलको भौतिक संरचनाको काम करिब सकिए पनि आयोजनाको सम्पूर्ण काम सक्न करिब डेढ वर्ष लाग्ने बताइएको छ। 

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, चैत १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्