Kathmandu Press

४१ अंकले बढ्यो नेप्से

आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको छ।
४१ अंकले बढ्यो नेप्से

काठमाडौं, चैत १४ : साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक उल्लेख्य रुपमा बढेको छ। बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० को विन्दुमा कायम भएको छ। ्

आज ३०९कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको छ।

Hardik ivf

आज सबै समूहको उपसूचक हरियो देखिएको छ। व्यापार समूह सबैभन्दा बढी ६.९ प्रतिशतले बढेको छ। बैंकिङ ०.९०, विकास बैंक १.१०, वित्त १.३०, होटल तथा पर्यटन ०.४४, जलविद्युत् १.०९ र लगानी समूह २.२० प्रतिशतले बढेको छ। 

त्यस्तै जीवन बिमा १.७१, उत्पादन तथा प्रशोधन ०.९२, लघुवित्त २.२, म्युचुअल फण्ड ०.३७, निर्जीवन बिमा ०.८५ र अन्य समूह १.७४ प्रतिशतले बढेको छ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर मूल्य १.८२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५१ करोड १८ लाख १७ हजार सात सय १४ बराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, चैत १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्