Kathmandu Press

बीमा क्षेत्रको हितका लागि सबै स्टेकहोल्डरको हित सुनिश्चित हुनुपर्छ : अध्यक्ष ओझा

अध्यक्ष ओझाले अन्डराइटिङको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेका कारण बीमा दाबी भुक्तानी र मिस सेलिङको समस्या देखिएको बताए।
बीमा क्षेत्रको हितका लागि सबै स्टेकहोल्डरको हित सुनिश्चित हुनुपर्छ : अध्यक्ष ओझा

काठमाडौं, चैत १० : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा दाबी भुक्तानी र मिस सेलिङको समस्या अझै रहेको बताएका छन्।

आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओझाले अन्डराइटिङको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेका कारण बीमा दाबी भुक्तानी र मिस सेलिङको समस्या देखिएको बताए।

Hardik ivf

यी समस्याहरुबारे प्राधिकरणमा छलफल समेत भइसकेको बताउँदै उनले दीर्घकलिन समाधानको उपाय खोजी भइरहेको उल्लेख गरे।

अध्यक्ष ओझाले बीमा कम्पनीहरुलाई छरिएर रहेका निर्देशनहरुलाई एकीकृत गरेर जारी गर्ने तयारी रहेको समेत बताए।

बीमा कम्पनीहरुले भोगिरहेका समस्या समाधान र बीमा उद्योगलाई दिगो रुपमा विकास गर्न सहजता प्रदानको लागि एकीकृत निर्देशन जारी गर्न लागिएको बताए।

बीमितहरुले भोगिरहेका विभिन्न समस्याको समाधानको लागि पनि बिमकको वित्तीय स्वास्थ्य बलियो हुन आवश्यक रहेको भन्दै उनले एकिकृत निर्देशनले जरुरी रहेको बताए।

उनले बीमा प्राधिकरणले हाल नियामकीय व्यवस्थाहरूलाई सुधार गर्न प्रारम्भिक कार्य गरिसकेको जानकारी दिए।
 

प्रकाशित मिति: १५:१२ बजे, आइतबार, चैत १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्