‘माओवादी केन्द्र सरकारमा जाँदैन्, प्रचार गलत हो’
उनले सरकार भ्रष्टाचारलाई जोगाउने पक्षमा र आफूहरु नियन्त्रण गर्ने पक्षमा रहेकाले बिमति भएको भन्दै सरकरसँग कुनै मिलन विन्दु नरहेको बताए।-1742212203.jpeg)
काठमाडौं, चैत ४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन्। उनले सरकारमा जाने कुनै नीति नलिएको प्रष्ट पारे।
सोमबार काठमाडौंमा आयोजित राजेन्द्र श्रेष्ठको पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकार भ्रष्टाचारलाई जोगाउने पक्षमा र आफूहरु नियन्त्रण गर्ने पक्षमा रहेकाले बिमति भएको भन्दै सरकरसँग कुनै मिलन विन्दु नरहेको बताए।
‘आजभोलि चर्चा आइरहेको छ। कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भनेर चर्चा सामाजिक सञ्जालमा भइरहेको छ। हामी अहिले सरकारमा जाने कुनै नीति लिएको छैनौं, लिँदैनौं पनि। देशमा संकट आयो विचार गर्छौं। तर यही सरकारमा गएर सामेल हुने कुनै नीति छैन। त्यस्तो औपचारिक रुपमा कुरा पनि कसैसँग भएको छैन,’ उनले भने, ‘भ्रष्टाचारलाई जोगाउने सरकार र हामीबीच सुरुमा नै ठूलो बिमती भएको छ। भ्रष्टाचार नियन्त्रण गर्ने कि बचाउने हामी रोक्नपर्छ भन्ने पक्षपातीमा भयौं। अहिलेको सरकार बचाउने पक्षमा भएकाले मिलन विन्दु हामीले देखेका छैनौं।’
अध्यक्ष दाहालले नेपालमा चुनाव लडेर जित्ने मात्रै सक्षम र नेता हुन्छन भन्ने गलत मान्यता रहेको बताए। चुनाव नलडे पनि अध्ययन मेहेनत गरेर विज्ञता हासिल गर्नेहरू नेताभन्दा धेरै माथि हुने उनले बताए।
‘मन्त्रीमण्डल बनाउँदा सांसदहरुबाटै बनाउने प्रणालीले सांसद बन्न अत्याधिक खर्च गर्नुपर्ने ,सांसद बनेपछि मन्त्री बन्न करोडौंको चलखेल हुने, मन्त्री बनेपछि सांसद बन्दाको खर्च, मन्त्री बन्दा लगानी गरेको खर्च उठाउनुपर्ने बाध्यता हुने र भ्रष्टाचार संस्थागत हुँदै जाने यो प्रणालीभित्र नै रोग छ,’ उनले भने, ‘यस्तो प्रणालीगत रोग निको पार्न प्रणालीमा नै सुधार गर्न जरुरी छ। नेपालमा चुनाव लडेर जित्ने मात्रै प्रतिभा, सक्षम र नेता हुन्छन भन्ने मान्यता नै गलत छ। चुनाव नलडेर अध्ययन मेहेनत गर्ने विज्ञता हासिल गर्नेहरु नेताभन्दा धेरै माथि हुन्छन्।’
अधयक्ष दाहालले जबसम्म पूर्ण समानुपनातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या कार्यकारी प्रमुख हुँदैन तबसम्म संघीय लाकतान्त्रिक गणतन्त्रले स्थायित्व नदिने बताए।












