Kathmandu Press

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि

६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन् । लामा घर्ती मगरभन्दा १ हजार ७९९ मतले अगाडि छन् ।
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि

काठमाडौँ, असोज २८ : नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन् ।

६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन् । लामा घर्ती मगरभन्दा १ हजार ७९९ मतले अगाडि छन् ।

त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

प्रकाशित मिति: ०९:०० बजे, बुधबार, असोज २८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्