Kathmandu Press

पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल 

‘सरकार पीडित सबै नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील छ। सरकार आफ्नो क्षमता दक्षता, उपलब्ध जनशक्ति, उपकरण र आफूसँग भएका सबै स्रोतसाधनको सक्दो उपयोग गरेर पीडितको हितमा लागिरहेको छ,’ उनले भने। 
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल 

काठमाडौँ, असोज २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक पौडेलले सरकार पीडित नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील रहेको र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै उनीहरूको हितमा काम गरिरहेको बताएका छन् । 

उनले बौद्ध स्थित सेतो गुम्बामा भोटेकोशी बाढीमा परि दिवंगत भएकाहरुको स्मृतिमा आयोजित कार्यक्रममा, सरकारले आफ्नो क्षमता, दक्षता, जनशक्ति र उपकरणको सक्दो उपयोग गरेर पीडितको हितमा काम गरिरहेको बताए। 

‘सरकार पीडित सबै नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील छ। सरकार आफ्नो क्षमता दक्षता, उपलब्ध जनशक्ति, उपकरण र आफूसँग भएका सबै स्रोतसाधनको सक्दो उपयोग गरेर पीडितको हितमा लागिरहेको छ,’ उनले भने। 

उनले आफूहरूलाई विभिन्न व्यक्तित्व तथा रिन्पोछेलगायतको आशीर्वाद प्राप्त भएकाले कठिन परिस्थितिमा पनि बलियो भएर उभिन सकेको बताए। उक्त कार्यक्रममा थाइलेन्डबाट आलोका कुकुरसहित आएका बौद्ध भिक्षुहरुको उपस्थिति थियो। 

प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, असोज २७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्