Kathmandu Press

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, असोज २८ : देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।

प्रकाशित मिति: ०८:३४ बजे, बुधबार, असोज २८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्