Kathmandu Press

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्ति विवादमा सर्वोच्चले माग्यो लिखित कारण 

आफूमाथि अन्याय भएको बताउँदै सचिवकी प्रतिस्पर्धी रहेकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले दिएको रिटमा सर्वोच्चले सरकारसँग लिखित कारण पेश गर्न आदेश दिएको हो। 
स्वास्थ्य मन्त्रालयको सचिव नियुक्ति विवादमा सर्वोच्चले माग्यो लिखित कारण 

काठमाडौं, चैत ४ : सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्ति विवादमा सरकारसँग लिखित कारण माग गरेको छ। 

आफूमाथि अन्याय भएको बताउँदै सचिवकी प्रतिस्पर्धी रहेकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले दिएको रिटमा सर्वोच्चले सरकारसँग लिखित कारण पेश गर्न आदेश दिएको हो। 

सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाइपछि सचिव बढुवा नगर्ने सरकारको निर्णयबारे लिखित कारण पेश गर्न आदेश भएको हो। 

गत फागुन ११ गते स्वास्थ्य सचिव डा.रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि फागुन २१ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका अतिरिक्त सचिव डा.विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवाको निर्णय गरेको थियो। 

सचिवकी दाबेदार अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध कानुनी प्रश्न उठाउँदै चैत १ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। 

आफु सिनियर भए पनि मधेसी महिला भएकै कारण सचिव बढुवामा नपरेको दाबी डा.मिश्राको छ। 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, चैत ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्