Kathmandu Press

‘लोकतन्त्रपछि मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन्’

राष्ट्रिय समाचार समितिको टोलीसँगको भेटमा सभापति देउवाले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गर्नुपर्ने बताए।
‘लोकतन्त्रपछि मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन्’

काठमाडौं, फागुन ४ :  कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन्।

राष्ट्रिय समाचार समितिको टोलीसँगको भेटमा सभापति देउवाले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गर्नुपर्ने बताए। उनले ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक रहेकोमा जोड दिए।

मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको उनले बताए। ‘अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौं,’ उनले भने। 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासहितको टोलीले सभापति देउवालाई ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ हस्तान्तरण गरेको थियो।  
 

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, चैत ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्