Kathmandu Press

कांग्रेस प्रमुख सचेतक घिमिरे भन्छन्– अब भूमिसम्बन्धी अध्यादेश आउँदैन

‘भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने समाप्त भइसकेको अवस्था छ । अब त्यसलाई कसरी हुन्छ परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने हो,’ उनले भने।
कांग्रेस प्रमुख सचेतक घिमिरे भन्छन्– अब भूमिसम्बन्धी अध्यादेश आउँदैन

काठमाडौं, चैत ४ :नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा नआउने बताएका छन्।  

सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले त्यसलाई अब परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने बताए।

‘भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने समाप्त भइसकेको अवस्था छ । अब त्यसलाई कसरी हुन्छ परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने हो,’ उनले भने।

सरकारले अन्य ५ अध्यादेशसहित भूमसम्बन्धी अध्यादेश ल्याएको थियो। यो अध्यादेशको प्रतिपक्षी र सत्ता पक्षकै दलहरुले पनि विरोध गरेका थिए। जसपा नेपालले पनि यो अध्यादेशको विरोध गरेपछि सरकारले यसबाट पछि हटेको हो।

जसपा नेपालको समर्थन विना  राष्ट्रिय सभबाट अध्यादेश पास हुने अवस्था थिएन। 

अन्य ५ अध्यादेश भने संसदबाट पारित भइसकेको छ।
 
प्रकाशित मिति: १३:४७ बजे, सोमबार, चैत ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्