Kathmandu Press

यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

उनले त्यस्तो कार्य गर्नका लागि आफ्नो परिवारबाट अगाडि बढाउनको लागि आँट गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरिन्। 
यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं, चैत ४ : नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गरिन्। 

‘हिजो सत्ता पक्षका माननीयज्यूले यौैन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षणगरी अर्थपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो,’ उनले भनिन्, ‘यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादीत रुपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लािग रुलिङको माग गर्दछु।’

साथै उनले त्यस्तो कार्य गर्नका लागि आफ्नो परिवारबाट अगाडि बढाउनको लागि आँट गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरिन्। 

सांसद घिमिरेले आइतबार मुलुकको अर्थतन्त्र सुधारको लागि र पर्यटकको संख्या बढाउन यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका थिए। 

यस्तै, राप्रपाका सांसद दिपक सिंहले यस्तो प्रस्ताव आउनु गलत रहेको बताए। ‘यौन व्यावसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होइन?’ उनले सरकारलाई प्रश्न गरे।

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, चैत ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्