सरकार सुरक्षा व्यवस्थामा चुकिरहेको छ : सांसद कार्की
उनले फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्ति नगर, कालिगण्डकी नदी, गोकर्णेश्वरको बागमती खोला र देशका विभिन्न भागमा १५ जनाको सव फेला परेको समाचारहरु आएकाले सुरक्षा निकाय नाजुक किन बनेको भन्दै प्रश्न गरिन्।-1742192779.png)
काठमाडौं, चैत ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्कीले केही दिन यता देशभरी भइरहेका डरलाग्दा घटनाहरुले सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठ्न थालेको बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्ति नगर, कालिगण्डकी नदी, गोकर्णेश्वरको बागमती खोला र देशका विभिन्न भागमा १५ जनाको सव फेला परेको समाचारहरु आएकाले सुरक्षा निकाय नाजुक किन बनेको भन्दै प्रश्न गरिन्।
‘केही दिनयता देशभरी भइरहेका डरलाग्दा घटनाहरुले हाम्रो सुरक्षा व्यवस्थाको गम्भीर कमजोरीलाई उजागर गरिरहेको छ। यही फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्तिनगरमा, कालिगण्डकी नदीमा, गोकर्णेश्वरको बागमती खोलामा र देशका विभिन्न भागमा १५ जनाको सव फेला परेको समाचारहरु बाहिरिएको छ। धनुषामा पनि हत्याका विभत्स घटनाहरु अगाडि आएका छन्। प्रहरी हवल्दारकै ज्यान गएको देखिन्छ,’ उनले भनिन्, ‘यस्ता घटनाहरुले सरकारको उपेक्षा, कमजोर सुरक्षा व्यवस्था र आपलकालिन तयारीको कमीको संकेत गरिरहेको छ। यस्ता घटनाहरुले राष्ट्रिय चिन्ताको विषय उत्पन्न गरेको छ। हामीले कानुनी प्रवद्धनमा ढिलासुस्ती, अनुसन्धानमा कमजोरी रहेका कुरा र कार्यस्थलमा सुरक्षाका मापदण्ड अभाव भएका कुराले धेरै गम्भीर बनाएको छ। आर्थिक वर्ष २०७९÷८० मा ५०१ जनाको हत्या भएको देखिन्छ। त्यसको मतलब हरेक तीन दिनमा पाँच जनाको मृत्यु भइरहेको अवस्था छ।’
साथै उनले हरेक तीन दिनमा विभत्स पाँच जनाको हत्या भइरहेको बताइन्। उनले यस्ता घटनाहरुले राष्ट्रिय चिन्ताको विषय उत्पन्न गरेको समेत बताइन्।












