Kathmandu Press

मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्तिको सम्भावना

आजको बैठकले नेपाल प्रहरीमा आजैबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ।
मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्तिको सम्भावना

काठमाडौं, चैत ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

आजको बैठकले नेपाल प्रहरीमा आजैबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ।

नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन्।

प्रकाशित मिति: ११:२३ बजे, सोमबार, चैत ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्