एमाले सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?
दिउँसो १ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौं, चैत ४ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।
दिउँसो १ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
सचिव डा. अधिकारीका अनुसार बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।
प्रकाशित मिति: ०८:५४ बजे, सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार