Kathmandu Press

सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

धनुषा, माघ ३०ः धनुषाको जनकनन्दनी गाउँपालिका—५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डल पक्राउ परेकी छन्।

मंगलबार राति घरायसी वादविवादको क्रममा उनीहरूबीच झै—झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ।

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, माघ ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्