Kathmandu Press

१३ किलो लागू औषधसहित दुईजना पक्राउ

१३ किलो लागू औषधसहित दुईजना पक्राउ

बारा, माघ २९ः बारा प्रहरीले १३ किलो लागूऔषध अफिम जस्तो पदार्थसहित दुई  जनालाई पक्राउ गरेको छ। हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटीबाट लागूऔषध अफिम जस्तो पदार्थ सहित १ लाख ३३ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यलय बाराका अनुसार स्कुटी चालक मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने ५४ वर्षिय सुर्यबहादुर मोक्तान र स्कुटी पछाडी सवार मकवानपुर कैलाश गाउँपालिका–८ का ४५ वर्षिय भीम बहादुर मोक्तानलाई पक्राउ गरेको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार विशेष सूचनाको आधारमा मंगलबार बिहान प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कुटी रोक्न खोज्दा नरोकी फरार भएको थियो।

जीतपुर सिमरा उप–महानगरपालिका–१ पथलैया चोकमा नरोकी फरार भएको स्कुटीलाई प्रहरी टोलीले पच्छयाउँदै जाने क्रममा वडा नम्बर २ सूर्य नेपाल अगाडी फेला पारेको उनले जानकारी दिए।

स्कुटीको डिक्कीभित्र लुकाई छिपाइ राखिएको अवस्थामा लागू औषध अफिमजस्तो पदार्थ र नगद एक लाख ३३ हजार ६५५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको पनि प्रहरीले बताएको छ।

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, माघ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्