Kathmandu Press

सर्लाहीको रामनगरमा आगलागी, लाखाैंको धनमाल नष्ट

सर्लाहीको रामनगरमा आगलागी, लाखाैंको धनमाल नष्ट

सर्लाही, माघ २९ः सर्लाहीको रामनगर स्थित एक कच्ची घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। रामनगर गाउँपालिका वडा नम्वर ३ स्थित दलित बस्तीका अनुप महराको कच्ची घरमा आगलागी भएको हो।

गाउँपालिकाको राम टोलमा सोमबार राति एकजना दलित समुदायको घरमा आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका छन्। सोमबार साँझ ७ः२० बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्राप्त भएका प्रेस नोटमा उल्लेख छ।

Hardik ivf

आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैर्वा बहुअर्वाबाट प्रहरी सहायक निरीक्षक बालकिशोर साहको कमाण्डमा खटिएका १० जना प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिएर बस्तीका अन्य घरमा क्षति हुनबाट जगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए।

उनका अनुसार घर भित्र रहेका बाख्रा पाँचवटा, लत्ताकपडा, कागजपत्र, खाद्यान्न गरी पाँच लाख मूल्य बराबरको सम्पत्ती क्षति भएको छ। यस घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, माघ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्