Kathmandu Press

धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या, श्रीमान पक्राउ

धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या, श्रीमान पक्राउ

धनुषा, माघ १३ः धनुषाधाम नगरपालिकामा लौरो प्रहार गरि एक महिलाको हत्या भएको छ। धनुषाधाम नगरपालिका वडा नं ५, पर्वताका देवलाल ठाकुरकी श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको हो।

प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसँग राती करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

Hardik ivf

देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुले प्रहरीलाई बताएका छन्।

देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ।
 

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, माघ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्