Kathmandu Press

आठौं अक्षरा मोडेल युनाइटेड नेसन्स सम्पन्न

विश्वमा घटेका समसामयिक समस्याबारे उठान गरी र तिनको समाधान गर्ने कार्यमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको प्रतिनिधिहरूले जनाए।
आठौं अक्षरा मोडेल युनाइटेड नेसन्स सम्पन्न

काठमाडौं, मंसिर ३ : आठौं अक्षरा मोडेल युनाइटेड नेसन्स (एएमयुएन) सम्पन्न भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा-९, काँडाघारीस्थित अक्षरा स्कुलमा शुक्रबारदेखि सञ्चालित तिनदिने एमयुएन कार्यक्रममा संयुक्त राष्ट्रसंघका विभिन्न समिति र आयोगहरूमा हुने बैठकको प्रारूपलाई हुबहु प्रस्तुत गरिएको थियो ।  

‘मोडेल युनाइटेड नेसन्स’ (मुन) संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त एक शैक्षिक मञ्च हो । जसअन्तर्गत आयोजित कार्यक्रममा ‘विश्व व्यापार संगठन, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय प्रेसलगायत विभिन्न समितिहरूमार्फत सामूहिक रूपमा छलफल भएको थियो ।

विद्यार्थीलाई कक्षाकोठा र किताबको सीमित घेराबाट बाहिर ल्याई उनीहरूमा भएको खुबी र जीवनोपयोगी सीप विकास गर्नुका साथै विभिन्न राष्ट्रहरूको वैदेशिक नीति, त्यहाँको सामाजिक तथा राजनीतिक अवस्था, वातावरणीय प्रभाव, लागुऔषध, महिला हक र अधिकारलगायत विषयमा वादविवाद तथा छलफल गरी प्रस्तावहरू पारित गरिएको थियो।

Hardik ivf

विश्वमा घटेका समसामयिक समस्याबारे उठान गरी र तिनको समाधान गर्ने कार्यमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको प्रतिनिधिहरूले जनाए।

462542103_3642641335882690_4481810811043009518_n-1731942081.jpg

विद्यालय तहका विद्यार्थी सम्मिलित कार्यक्रमको संयोजन विद्यार्थी आफैंले गरेका थिए । कार्यक्रममा अक्षरा स्कुलसहित उपत्यकाका १५ वटा विद्यालयका १४२ प्रतिनिधिको सहभागिता रहेको विद्यालयका शैक्षिक निर्देशक विष्णु पनेरूले जानकारी दिए ।

शिक्षामा रूपान्तरण र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक निर्माण गर्ने उद्देश्यले विगत ८ वर्षदेखि यो कार्यक्रम गर्दै आएको एएमयुएन कार्यक्रमकी संयोजक सविता गौतम पोख्रेलले बताइन् । उनका अनुसार कार्यक्रममा गान्धी आदर्श माध्यमिक विद्यालय, गोल्डेन बर्ड, शिक्षालय नेपाललगायत करिब १० वटा विद्यालयले भ्रमणसमेत गरेका थिए । 

शुक्रबार धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठको आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा विद्यार्थीहरू देशको भविष्यका सूत्रधार वा देशका हरेक क्षेत्रका संवाहक भएकाले हरेक क्षेत्रको ज्ञान राख्नुपर्ने धारणा राखेका थिए । शिक्षण सिकाइमा यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा समालोचनात्मक सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास हुने उनले प्रष्ट पारे ।

462554979_8607257219350359_805031637979132498_n-1731942081.jpg

विद्यालयकी संस्थापक निर्देशक अञ्जु भट्टराईले एमयुएनको आयोजनाले विद्यार्थीहरूमा नेतृत्व विकास, समस्या समाधान गर्ने सीप, खोज र अनुसन्धान गर्न उपयुक्त अवसर प्रदान गरेको बताइन् । ‘वास्तविक विश्वका कूटनीतिक, व्यापार  र सुरक्षा  चुनौतीका साथै वातावरणीय समस्या समाधानका विषयमा छलफल गरी उपयुक्त निष्कर्ष निकाल्नका लागि यो कार्यक्रम एउटा सोपान बनेको छ,’ उनले भनिन् ।

कार्यक्रमको आयोजना, सञ्चालन, व्यवस्थापनलगायत सम्पूर्ण कार्य कक्षा १० का छात्रछात्राहरूले गरेका थिए । विद्यार्थीहरू आफैंले कार्यक्रम गर्ने भएकाले  उनीहरूमा यस्ताखाले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमले नेतृत्व विकासका साथै अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्नसक्ने सिप विकास हुने निर्देशक भट्टराईले बताइन् । उनका अनुसार एमयुएनका यस्ताखाले विद्यार्थीकेन्द्रित कार्यक्रमले आपसी सहयोग, कूटनीति, वार्तालाप, सामूहिक कार्य लगायत विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । यस कार्यक्रममा विभिन्न तहगत रूपमा बालबालिकाले पाएको ज्ञान, सिप र संस्कारलाई तहगत रूपमा सिकाइ क्षमता वृद्धिलगायत प्रस्फुटन हुने भएकाले सम्पूर्ण जिम्मेवारी दिई विद्यार्थीलाई नै कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।

प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीहरू देशको भविष्यका सूत्रधार वा देशका हरेक क्षेत्रका संवाहक भएकाले हरेक क्षेत्रको ज्ञान राख्नुपर्ने धारणा राखेका थिए । शिक्षण सिकाइमा यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा समालोचनात्मक सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास हुने उनले प्रष्ट पारे ।

प्रकाशित मिति: २०:४२ बजे, सोमबार, मंसिर ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्