Kathmandu Press

खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन [तस्बिरहरू]

कार्यक्रममा सहभागी अभियान्ता राजाराम तन्दुकारले सहर सवारी साधनमैत्री होइन, जनतामैत्री हुनुपर्नेमा काठमाडौं महानगरले जनताको नीजि सम्पत्तिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउनेजस्ता त्रासपूर्ण गलत कामहरू गरिहेको बताए। 
खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन [तस्बिरहरू]

काठमाडौं, मंसिर ६ : भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै ¥याली निकालेको छ।

बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्‍याली गरिएको हो। 

कार्यक्रममा सहभागी अभियान्ता राजाराम तन्दुकारले सहर सवारी साधनमैत्री होइन, जनतामैत्री हुनुपर्नेमा काठमाडौं महानगरले जनताको नीजि सम्पत्तिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउनेजस्ता त्रासपूर्ण गलत कामहरू गरिहेको बताए। 

Hardik ivf

Photos-(8)-(1)-1732168622.jpg

उनले अहिले आफूहरुले खबरदारी मात्र गरेको भन्दै माग पूरा नभए काठमाडौं महानगरका बालेन शाहलाई महानगर निषेध कार्यक्रम पनि घोषणा गर्ने चेतावनी दिए। 

सहभागीहरूले मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाईदैन, गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर,जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, आवास र सम्पत्तिको सवैधानिक हकको ग्यारेन्टी गर, निजी घरजग्गा माथि हस्तक्षेप बन्द गर लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए। 

Photos-(6)-(1)-1732168622.jpg

Photos-(2)-(12)-1732168620.jpg

Photos-(4)-(5)-1732168620.jpg

Photos-(1)-(12)-1732168619.jpg


 

प्रकाशित मिति: ११:४४ बजे, बिहीबार, मंसिर ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्