काठमाडौंमा छविलाल जोशीको बयान सुरु
पोखरा रहेका जोशीलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि काठमाडौं ल्याई उनको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ।
काठमाडौं, मंसिर ६ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौंमा बयान सुरु भएको छ।
जोशीलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बयान सुरु भएको हो।
पोखरा रहेका जोशीलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि काठमाडौं ल्याई बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ।
पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक समेत हुन् । उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए।
स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए अनुसार उनलाई काठमाडौँ झिकाइएको हो।
प्रकाशित मिति: १५:०० बजे, बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












