Kathmandu Press

कृषि विकास रणनीति परिमार्जन गर्न आवश्यक छ : मन्त्री अधिकारी

मन्त्री अधिकारीले संघीयता लागू भइसकेपछि कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन  नसकिएको गुनासो गरे। 
कृषि विकास रणनीति परिमार्जन गर्न आवश्यक छ : मन्त्री अधिकारी
फाइल तस्बिर।

काठमाडौं, मंसिर ७ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन्।

बिहीबार काठमाडौं कृषि विकास रणनीति कार्यान्वयन समिक्षा र परिमार्जनका लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिबिकोपार्जनका लागि कृषि कर्म गर्नेहरुलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्नेगरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए। 

Hardik ivf

मन्त्री अधिकारीले संघीयता लागू भइसकेपछि कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन  नसकिएको गुनासो गरे। 

कृषि क्षेत्रमा बजेट धेरै देखिएपनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप वजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए। 

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ। रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरु बिच छलफल गरि सुझाव लिएको छ। 

पुर्वसचिव गणेशराज जोशीको सयोजकत्वमा रणनीति परिमार्जनका लागि बिज्ञ समूहले कार्य गरेको छ ।
 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, मंसिर ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्