Kathmandu Press

संसदीय छानविन समितिले पूर्वगृहमन्त्री लामिछानलाई बोलाउने

विगतमा गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा रहेका लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको सम्बन्धमा सोधपुछका लागि बोलाउन लागिएको हो।
संसदीय छानविन समितिले पूर्वगृहमन्त्री लामिछानलाई बोलाउने

काठमाडौं, साउन १५ : सहकारीको बचत अपचलन प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समितिमा बोलाउने तयारी गरेको छ।

विगतमा गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा रहेका लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको सम्बन्धमा सोधपुछका लागि बोलाउन लागिएको हो। समितिले लामिछानेलाई बोलाउने दिनको टुंगो नलागे पनि चाँडै डाक्ने तयारी भइरहेको जनाइएको छ।

Hardik ivf

लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएका छन्। ती सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लामिछानेमाथि छ।

लामिछानेजीलाई सोधपुछका लागि बोलाउने विषयमा समितिमा छलफल समेत भएको थियो। भोलि बुधवारका लागि समितिको बैठक तय भएको छ ।

 

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्