१५ करोड ठगी प्रकरणमा पक्राउ उप्रेतीको ‘थुनछेक’ बहस सुरु
उप्रतीको बयान सकिएर थुनछेक बहस सुरु गरिएको हो। बादीप्रतिबादीको बहस सकिएपछि उप्रतीलाई थुनामै पठाउने वा धरौटी रकम लिएर छाड्ने भन्ने विबषयको टुंगो लाग्ने छ ।
काठमाडौं, साउन १५ : आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीविरुद्ध दायर सहकारी अपचलन मुद्दामा ‘थुनछेक’ बहस सुरु हुने भएको छ । पक्राउ परेका उप्रेती राष्ट्रिय सहकारी बैंक अध्यक्ष समेत हुन्।
उप्रतीको बयान सकिएर थुनछेक बहस सुरु गरिएको हो। बादीप्रतिबादीको बहस सकिएपछि उप्रतीलाई थुनामै पठाउने वा धरौटी रकम लिएर छाड्ने भन्ने विबषयको टुंगो लाग्ने छ ।
जिल्ला सरकारी वकिल कार्यालयले उप्रेतीसहित ९ जनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा ठगीको कसुरमा मुद्दा दायर गरेको थियो । अहिले सरकारी वकीलको तर्फबाट बहस भइरहेको छ।
सहकारी अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, सोही संस्थाका तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे, सदस्य बद्री महत, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल, सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाल, संस्थाका सदस्य प्रकाशमान शाही खड्गीलाई मुद्दामा प्रतिवादी काय गरिएको छ।
प्रहरी अनुसन्धानबाट सर्वसाधारणको १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ ठगी गरेको पुष्टि भएको दाबी अभियोगपत्रमा गरिएको छ।
मुद्दा चलाइएका प्रतिवादीमध्ये केबी उप्रेती मात्रै पक्राउ परेका छन्। अन्य अभियुक्त फरार रहेकाले पक्राउ पुर्जी जारी गर्न अदालत समक्ष माग गरिएको छ।












