सकेसम्म राम्रो काम गर्छु, नसके लगत चाहिँ गर्दिनँ : मन्त्री अधिकारी
‘मलाई गलत गर्ने छुट छैन्, मैले सकेसम्म राम्रो गर्ने छु तर सकिने भने पनि गलत भने गर्दिन् । यो मेरो प्रतिबद्धता हो,’ उनले भने, ‘म साझा मान्छे हो समस्या परेको बेला बिना पक्षपात सबैको साथमा रहने पहल र प्रतिबद्धता व्यक्त गर्न चहान्छु।’(14)-1722321631.jpg)
काठमाडौं, साउन १५ : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफूलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले आफू सके राम्रो काम गर्ने नसके गलत पनि नगर्ने बताए।
‘मलाई गलत गर्ने छुट छैन्, मैले सकेसम्म राम्रो गर्ने छु तर सकिने भने पनि गलत भने गर्दिन् । यो मेरो प्रतिबद्धता हो,’ उनले भने, ‘म साझा मान्छे हो समस्या परेको बेला बिना पक्षपात सबैको साथमा रहने पहल र प्रतिबद्धता व्यक्त गर्न चहान्छु।’
मन्त्री अधिकारीले ग्रामिण भेगबाट काठमाडौंको भान्सामा आइपुगेको सामानको मूल्य दोब्बर हुने अवस्था रहेको भन्दै यसबारे सबैले अति गम्भिर भएर सोच्न आवश्यक रहेको बताए।
‘खेतबाट यहाँको बजारसम्म आउदा तरकारीको मूल्य दोब्बर हुन्छ, यसमा सोच्न आवश्यक छ। यसको अर्थ सबै दोष व्यापारिको भन्ने हुदैँन्, उनीहरुको पनि आफ्नै समस्या छ,’ उनले भने, ‘उनीहरुको समस्या राज्यले सुन्नु पर्छ । त्यो दायित्व राज्यसँग छ। सुनुवाई भएको छ, छैन भन्ने कुरा म अहिले भन्न सक्दिन् । तर जमिनबाट टिपेर काठमाडौंको भान्सामा आइपुगेको सामानको मूल्यमा अन्तर कति हुन्छ यसबारेमा अति गम्भिर भएर सोच्नु पर्छ।’
उनले आगामी दिनमा विषादीरहित भान्सा बनाउने विषयमा पनि सबै जना क्रियाशिल भएर लाग्न पनि अनुरोध गरे। नेपाल जडिबुटीले भरिएको देश भएको बताउँदै उनले विश्वले चिनेको तर हामीले नदेखेको जडिबुटीको पहिचान गर्नुपर्ने बताए।
अब हाम्रो समस्या कसैले सुुन्दैन् भनेर होइन की सुन्ने मान्छे आएको छ भनेर विश्वास लिन पनि उनको आग्रह छ।












