Kathmandu Press

संसदको हिउँदे अधिवेशन निर्माणाधीन भवनमा गर्ने मन्त्री सिंहको चाहाना

मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले आगामी हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताए।
संसदको हिउँदे अधिवेशन निर्माणाधीन भवनमा गर्ने मन्त्री सिंहको चाहाना

काठमाडौं, साउन १५ : उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन्।

मंगलबार बिहान मन्त्री सिंहले सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवन अनुगमन गरेका हुन्।

Hardik ivf

मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले आगामी  हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताए।

‘यो ठुलो संरचना हो । यसलाई १० वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएपनि निर्माणमा समस्या देखियो। बीचमा विभिन्न समस्याहरु आए, कोरोनाको कारणले पनि संसद भवनको निर्माण रोकिएको हो। अब यसलाई समयमै सकाउनका लागि सिफ्टहरु त बढाउनुपर्छ नि,’ उनले भने, ‘हामीले सधैं समयमै काम सम्पन्न गर्नका लागि भनिरहेका छौं।  अब हामीले आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने चाहानामा राखेका छौं। यही अनुसार काम अगाडि बढाउनुपर्यो।’

सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको हो।

सिंहदरबारस्थित पुतली बगैँचा रहेको ठाउँमा पाँच अर्ब ३० करोड रुपैयाँमा भवन निर्माणको काम अघि बढाइएको थियो।

१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियाे।

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्