Kathmandu Press

पेरिस ओलम्पिक : ६ स्वर्णसहित जापनशीर्ष स्थानमा, पछ्याउँदै फ्रान्स, चीन, अस्ट्रेलिया र द. कोरिया

जापानले जुडो र स्केट बोर्डिङमा २–२ स्वर्ण जित्दा फेन्सिङ र आर्टिस्टिक जिम्न्यास्टिकमा समान १ स्वर्ण जितेको छ। उसले जुडोमा ३ रजत र ५ कास्य पनि जितेको छ।
पेरिस ओलम्पिक : ६ स्वर्णसहित जापनशीर्ष स्थानमा, पछ्याउँदै फ्रान्स, चीन, अस्ट्रेलिया र द. कोरिया

काठमाडाैं, साउन १५ : जारी पेरिस ओलम्पिकको चौथो दिनसम्म पदक तालिकामा जापानले अग्रता बनाएको छ। उनले ६ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल १२ पदक जितेको छ।

जापानले जुडो र स्केट बोर्डिङमा २–२ स्वर्ण जित्दा फेन्सिङ र आर्टिस्टिक जिम्न्यास्टिकमा समान १ स्वर्ण जितेको छ। उसले जुडोमा ३ रजत र ५ कास्य पनि जितेको छ।

Hardik ivf

उसलाई आयोजक फ्रान्स, चीन, अस्ट्रेलिया र दक्षिण कोरियाले पछ्याइरहेका छन्। यी तीनै राष्ट्रले समान ५ स्वर्ण जितेका छन्।

फ्रान्सले ५ स्वर्णसहित ८ रजत र ३ कास्यसहित कुल १६ पदक जित्दा चीनले ५ स्वर्ण, ५ रजन र २ कास्यसहित कुल १२ पदक जितेको छ। यता, अस्ट्रेलियाले ५ स्वर्ण र ४ रजतसहित ९ पदक जितेको छ भने दक्षिण कोरियाले ५ स्वर्ण, ३ रजत र १ कास्यसहित ९ पदक जितेको छ।

यस्तै, अमेरिका ३ स्वर्ण, ८ रजत र ९ कास्यसहित सर्वाधिक २० पदक जितेको छ। बेलायत, इटाली, क्यानडा र जर्मनीले समान २ स्वर्ण जित्दा काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजर बैजान र रोमानियाले समान १ स्वर्ण जितेका छन्।

अहिलेसम्म २६ राष्ट्रले पदक तालिकामा खाता खोल्दा दक्षिण एसियाबाट भारतले मात्र पदक जितेको छ। उसलाई महिला सुटिङमा मनु भाकेरले कास्य पदक दिलाएकी हुन्। उनी सुटिङमा पदक दिलाउने पहिलो भारतीय खेलाडी हुन्।

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्