Kathmandu Press

प्रधानमन्त्री मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देशन दिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरुको पनि उपस्थिति रहनेछ।
प्रधानमन्त्री मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देशन दिने

काठमाडौं, साउन १५ : प्रधानमन्त्री केपी ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरुको पनि उपस्थिति रहनेछ।

Hardik ivf

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा साउन १३ गते ब्रिफिङ लिएका थिए।

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए।

प्रकाशित मिति: ११:१३ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्