कृषि समितिको बैठक बस्दै, सभापति चयन गर्ने तयारी
बैठक आज अपराह्न साढे ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।
काठमाडौँ, साउन १५ : आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठक आज अपराह्न साढे ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।
समिति सभापतिका लागि नेपाली कांग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गराएकी छिन् । यसअघिकी सभापति डा आरजु राणा देउवा परराष्ट्र मन्त्री बनेसँगै कृषि समितिको सभापति रिक्त रहेको थियो ।
सोमवार उम्मेदवारी दर्ता गराएकी थापा मगरको प्रस्तावक कांग्रेस सांसद वीरबहादुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छन् ।
प्रकाशित मिति: ०९:१० बजे, मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)