Kathmandu Press

आवश्यक पर्दा क्रान्तिको बाटो अपनाउनुपर्छ : प्रधानमन्त्री

सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनुपर्ने भन्दै युगकविका रचनाहरुले युवाहरु क्रान्तिमा होमिन मद्दत गरेको बताए।
आवश्यक पर्दा क्रान्तिको बाटो अपनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, साउन १४ : प्रधानमन्त्री केपी ओलीले आवश्यक पर्दा देश र जनताका लागि क्रान्तिको बाटो अपनाउनु पर्ने बताएका छन्।

सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनुपर्ने भन्दै युगकविका रचनाहरुले युवाहरु क्रान्तिमा होमिन मद्दत गरेको बताए।

Hardik ivf

‘जसरी नेपाल–अग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ। युवाहरु चम्किनुपर्छ। सिद्धिचरण मेरो पनि गुरु हो। उहाँबाट म अति  प्रभावित छु,’ उनले भने, ‘उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो। गंगालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसंग आयो। म पनि क्रान्तिमा होमिएको थिएँ।’

युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उनको भनाइ थियो।

युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद रु एक लाखसहित प्रदान गरियो।

युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुंगा संवाददाता नवराज कार्की नगद रु ४० हजारसहित पुरस्कृत गरिएको छ ।
सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ।

प्रकाशित मिति: १८:५० बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्