Kathmandu Press

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत

बैठकअघि नै प्रधानले आफ्नो नाम फिर्ता लिए पनि समितिको कार्यविधिमा कुनै पनि व्यक्तिलाई स्वीकृत वा अस्वीकृत गर्ने मात्रै व्यवस्था अनुसार उनको नाम अस्वीकृत गरेको हो।
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत

काठमाडौं, साउन १४ : संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ।

सोमबार साँझ बसेको संसदीय समितिको बैठकले प्रधानको नाम अस्वीकृत गरेको हो।

Hardik ivf

बैठकअघि नै प्रधानले आफ्नो नाम फिर्ता लिए पनि समितिको कार्यविधिमा कुनै पनि व्यक्तिलाई स्वीकृत वा अस्वीकृत गर्ने मात्रै व्यवस्था अनुसार उनको नाम अस्वीकृत गरेको हो।

प्रधानविरुद्ध एक महिलाले यौन शोषण गरेको र अदालतमा मुद्दा दायर गरेपछि पैसा दिएर मिलापत्र गराएको भन्दै उजुरी गरेकी थिइन्। त्यसपछि उनीमाथि नैतिकताको प्रश्न उठेको थियो।

असार २ गते  संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

सोमबार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको छलफलले प्रधानको नाम अनुमोदन गर्न नसक्ने निश्कर्ष निकालेको थियो । त्यसपछि प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका थिए।

प्रकाशित मिति: १८:२८ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्