Kathmandu Press

सवइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोग

सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपियाँ माग गररेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित उक्त कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध मुद्दा दायर गरेको हो।
सवइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोग

काठमाडौं, साउन १४ : सिन्धुपाल्चोकस्थित पूर्वाधार विकास कार्यालय, चौताराका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा सोमबार मुद्दा दायर भएको छ।

सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपियाँ माग गररेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित उक्त कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध मुद्दा दायर गरेको हो।

शिवाकोटी र शेर्पासँग रकम लिन लगाएको आरोप अभियोगपत्रमा लगाइएके छ।

अख्तियारले जारी गरेको विज्ञप्ति अनुसार मा दोलखाको विगु गाउँपालिका वडा नं. ३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्नका लागि पूर्वाधार विकास कार्यालय, चौतारा, सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता गरी आर्थिक वर्ष २०८०÷८१ मा योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सो रकम माग गरिएको उल्लेख छ  उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही गर्न आरोपपत्रमा माग गरिएको छ ।

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्