Kathmandu Press

‘विपिन जोशीको रिहाइका लागि सरकारले प्रयास गरिरहेको छ’

भेटमा परिवारका सदस्यले विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए। सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणाले दिएकी छन्।
‘विपिन जोशीको रिहाइका लागि सरकारले प्रयास गरिरहेको छ’

काठमाडौं, साउन १४ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि लागि सरकारले प्रयास गरिरहेको बताएकी छन्।

मन्त्री डा.राणाले विपीनका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुसँग मन्त्रालयमा भएको भेटमा उक्त जानकारी दिएकी हुन्। विपिन जोशीका बुबासहित परिवारका सदस्यहरुले मन्त्री डा.राणालाई मनत्रालयको कार्यकक्षमा भेटेका थिए।

Hardik ivf

भेटमा परिवारका सदस्यले विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए। सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणाले दिएकी छन्।

मन्त्री डा.राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको जानकारी समेत दिइन् । हमासद्वारा इजरायलमा भएको आक्रमणपछि विपिनसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त भएको उलने बताइन्।

आफू परराष्ट्रमन्त्री भएदेखि विपिनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको पनि राणाले बताइन्। त्यस अवसरमा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई विपिनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको भनाई पनि उनले राखिन्।

विपीनको परिवारसँग मन्त्री राणाले कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आएको बेला पनि नेपाल सरकारले विपिनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण पनि गराएकी थिइन्।

 

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्