Kathmandu Press

ज्योतिषी तथा धार्मिक अभियन्ता खतिवडा पक्राउ

काठमाडौं प्रहरी परिसरबाट आएको प्रहरी टोलीले खतिवडालाई पक्राउ गरी हिरासतमा लिएको हो। उनले आफ्नै घरमा गर्न थालेको धार्मिक अनुष्ठानको प्रयोजन आपत्तिजनक भएको बताउँदै प्रहरीले पक्राउ गरेको हो।
ज्योतिषी तथा धार्मिक अभियन्ता खतिवडा पक्राउ

काठमाडौं, साउन १४ : आफुलाई ज्योतिषी तथा धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडालाई प्रहरीले निवासबाट पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरबाट आएको प्रहरी टोलीले खतिवडालाई पक्राउ गरी हिरासतमा लिएको हो। उनले आफ्नै घरमा गर्न थालेको धार्मिक अनुष्ठानको प्रयोजन आपत्तिजनक भएको बताउँदै प्रहरीले पक्राउ गरेको हो।

Hardik ivf

उनलाई प्रहरी वृत्त, महाराजगञ्जको थुनामा राखिएको छ। पक्राउ परेपछि खतिवडाले सामाजिक सञ्जनलमा लेखेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ । कामना गरौं देश बनोस्।’

खतिवडाले यसअघि नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए। यही सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएलगत्तै उनले यो भिडिओ पोस्ट गरेका थिए। युट्युवरलाई डाकेर खतिवडाले विवादास्पद अनुष्ठानको लाइभ गर्न थालेको सूचनाका आधारमा प्रहरी निवासमा पुगेको थियो।

झापा घर भएका पुष्कर खतिवडाले आफूलाई धर्मगुरु र ज्योतिष भनेर चिनाउने गरेका थिए।

 

प्रकाशित मिति: १५:०४ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्