Kathmandu Press

गोरखाको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो

६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको प्रहरीले जनाएको छ।
गोरखाको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो
Hardik ivf

गोरखा, साउन १४ : उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतबार गएको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ।

६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको प्रहरीले जनाएको छ।

आइतबार बिहान करिब तीन बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ वर्षीय रमेश परियार बेपत्ता भएका छन्।

प्रकाशित मिति: १५:०३ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्