‘उड्डयन प्राधिकरणका महानिर्देशकलाई निलम्बन गरियोस्’
‘अहिलेको डीजीले राजीनामा दिनु पर्दैन? अथवा, डीजीले राजीनामा नदियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डीजीलाई सस्पेन्स गर्नु पर्दैन?,’ उनको प्रश्न थियो।
काठमाडौं, साउन १४ : कांग्रेस सांसद उदयशमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद जवराले प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवार निकाय र व्यक्तिका रूपमा त्यसको नेतृत्वलाई निलम्बन गर्न माग गरे।
‘अहिलेको डीजीले राजीनामा दिनु पर्दैन? अथवा, डीजीले राजीनामा नदियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डीजीलाई सस्पेन्स गर्नु पर्दैन?,’ उनको प्रश्न थियो।
उनले महानिर्देशक निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन कार्यलाई तीव्रता दिन माग गरे।
प्राधिकरणले हवाई सेवा सुरक्षाका निम्ति कुनै प्राथमिकता नदिए बताउँदै उनले विमानको मर्मतसम्भारका लागि बजेटको कमी हुँदा पनि दुर्घटना हुन गएको सांसद जबराले उल्लेख गरे।
नियमक निकायका रूपमा रहेको प्राधिकरणलाई जिम्मेवार बनाएर मात्र हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सकिने उनले बताए।












