Kathmandu Press

निर्वाचन आयुक्तमा सिफारिस प्रधानले लिए नाम फिर्ता

नैतिक चरित्रमा प्रश्न उठेपछि संसदीय सुनुवाई समितिबाट अनुमोदन नहुने देखेपछि प्रधानले सोमबार नाम फिर्ता लिएको निवेदन समितिमा दर्ता गराएका छन्।
निर्वाचन आयुक्तमा सिफारिस प्रधानले लिए नाम फिर्ता

काठमाडौं, साउन १४ : निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्।

नैतिक चरित्रमा प्रश्न उठेपछि संसदीय सुनुवाई समितिबाट अनुमोदन नहुने देखेपछि प्रधानले सोमबार नाम फिर्ता लिएको निवेदन समितिमा दर्ता गराएका छन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानको पत्र आएको जानकारी दिए। नाम फिर्ता लिने तयारी गरेपछि संसदीय सुनुवाई समितिको बैठक सोमबार बिहान साढे ११ बजेबाट अपरान्ह ५ बजेका लागि सारिएको थियो।

प्रधानको पत्र साँझ ५ बजे बस्ने समितिको बैठकमा पेश हुने र त्यसपछि समितिले आवश्यक निर्णय गर्ने बताइएको छ।

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो  प्रधानले जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक–पटक यौनशोषण गरेको उजुरी उनीविरूद्ध परेको थियो।

ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन्।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्