Kathmandu Press

सहकारीको अपचलन गरी भागेका १८ जनालाई झिकाउन गृहलाई संसदीय समितिको निर्देशन

समितिले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राई, ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिम सहकारीका सुवास केसीलाई पनि स्वदेश फर्काउन भनेको छ।
सहकारीको अपचलन गरी भागेका १८ जनालाई झिकाउन गृहलाई संसदीय समितिको निर्देशन

काठमाडौं, साउन १४ : सहकारीको रकम अपचलनका बिषयमा छानबिनका लागि गठित संसदीय विशेष समितिले सहकारीको रकम अपचलन गरी भागेका १८ जनालाई तत्काल नेपाल झिकाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको सोमबार बसेको बैठकले गृह मन्त्रालयलाई उक्त निर्देशन दिएको हो। समितिले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राई लगायतलाई तत्काल नेपाल फर्काउन निर्देशन दिएको छ।

Hardik ivf

समितिले सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिम सहकारीका सुवास केसीलाई पनि स्वदेश फर्काउन भनेको छ।

यस्तै, शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघा ड्रिमका महाशंकर रेग्मीलाई पनि नेपाल झिकाएर छानबिन समितिको दायरामा ल्याउन भनिएको छ।

सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल स्वदेश फर्काउन निर्देशन भएको छ।

नेपाल फर्काएर छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिइएको हो। यस्तै, समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति: १४:०३ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्