Kathmandu Press

भ्रष्टाचार हुन नदिन सदाचार नीति जरुरी छ : सचिव पाण्डे

उनले भ्रष्टाचार हुन नदिन सदाचार नीति जरुरी रहेको बताए। सरकारले सदाचार नीति मस्यौदा गरेको सात वर्ष हुँदा पनि कानमा तेल हालेर बसेको बताए।
भ्रष्टाचार हुन नदिन सदाचार नीति जरुरी छ : सचिव पाण्डे

काठमाडौं, साउन १४ : विकास, आर्थिक मामिला तथा सुशासन समितिका  सचिव डा. रोजनाथ पाण्डेले विधेयकहरु ल्याउनको लागि दबाव सिर्जना गर्नुपर्ने बताएका छन्।   

सोमबार  बसेको सुशासन समितिको  बैठकमा बोल्दै उनले सदाचार नीति नै आउनुपर्छ भनेर सरकारले भनेपनि कार्यान्वयनमा नआएको बताएका हुन्।  

Hardik ivf

‘ऐन कानुनका कुराहरु आउनुपर्यो । त्यो नीतिलाई  कार्यान्वयन गर्नको  लागी ऐन कानूनमा कहाँ कहाँ परिवर्तन गरेर जाने हो, विधेयकका सन्दर्भमा पनि दबाव  सिर्जना गर्न सक्छौं,’ उनले भने, ‘त्यसका लागि पहिला सदाचार नीति नै आउनुपर्छ भनेर विगतमा सरकारले तयारी पनि गरेको, महसुस पनि गरेको छ। त्यसमा केही बुँदाहरू विमती छ भने छलफल गरेर टुङ्ग्याउन सकिन्छ।

उनले भ्रष्टाचार हुन नदिन सदाचार नीति जरुरी रहेको बताए। सरकारले सदाचार नीति मस्यौदा गरेको सात वर्ष हुँदा पनि कानमा तेल हालेर बसेको बताए।

‘यो  नीति नै  बनाएको सात वर्ष भइसक्यो । मस्यौदा पेस गरेर पनि कानमा तेल हालेर किन बस्यो ? सरकारलाई  झक्झक्याउनुपर्यो, यसमा हामी सबैले अध्ययन गरौं,’ उनले भने।

प्रकाशित मिति: १३:४० बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्