व्यवसाय गर्नेलाई सजिलो वातावरण बनाउछौं : मन्त्री सिंह
‘नेपाल सरकारको तर्फबाट तपाइँहरुको काम गर्दा जुन नीति सम्बन्धी समस्या भोगिरहनु भएको छ। त्यसको लागि खुकुलो पार्नेदेखि लिएर व्यवस्थित गर्नको लागि भूमिका निर्वाह गर्छु,’ उनले भने, ‘काम र व्यवसाय गर्नेहरुलाई सजिलो होस भनेर नीतिहरु ल्याउने काम वर्तमान सरकारले गरेको छ।’
काठमाडौं, साउन १४ : उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेहरुलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन्।
सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए।
‘नेपाल सरकारको तर्फबाट तपाइँहरुको काम गर्दा जुन नीति सम्बन्धी समस्या भोगिरहनु भएको छ। त्यसको लागि खुकुलो पार्नेदेखि लिएर व्यवस्थित गर्नको लागि भूमिका निर्वाह गर्छु,’ उनले भने, ‘काम र व्यवसाय गर्नेहरुलाई सजिलो होस भनेर नीतिहरु ल्याउने काम वर्तमान सरकारले गरेको छ।’
उनले वर्तमान सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको भन्दै कुराभन्दा पनि काम गरेर देखाउने सरकारको मान्यता रहेको बताए।
‘तपाइँहरु के कुरामा ढुक्क भएर बस्नु भने अहिलेको सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको छ । धेरै कुराभन्दा पनि काम गरेर देखाउनु छ । त्यसमा सरकारले गर्नुपर्ने काम हजुरहरुले भन्नुहोला, सयकार्य गरौं,’ उनले भने।
उनले काम गर्दा भोग्नु परेको समस्याहरुलाई समय समयमा सरकारलाई जानकारी गराउनुपर्ने भन्दै एउटा कार्यक्रममा भनेर समस्या समाधान हुन्छ भन्ने सोच गलत रहेको बताए।