Kathmandu Press

किसानलाई सहज हुनेगरी आयोजना अगाडि बढाउनुपर्नेमा जोड

नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए।
किसानलाई सहज हुनेगरी आयोजना अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौं, साउन १४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए।

Hardik ivf

‘छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसलाई अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ,’ उनले भने। मन्त्री खड्काले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतका बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाए।

सुरुमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहका २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिए।

‘डिप ट्युबेल’ र ‘प्रिपेड कार्ड’मार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको जनाउँदै उक्त आयोजना चार वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए।

आयोजना सम्पन्न भएमा किसानले सिँचाइका लागि एक हजार लिटर पानी रु तीनमा उपभोग गर्न पाउनेछन्। आयोजनाका लागि ७८ प्रतिशत एशियाली विकास बैँक र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्