Kathmandu Press

प्रधानको सिफारिसबारे निर्णय लिन कांग्रेस–एमाले आन्तरिक छलफलमा

अहिले कांग्रेस संसदीय दलको कार्यलयमा कांग्रेसका सांसदहरुले आन्तरिक छलफल भइरहेको छ। एमालेले पनि आन्तरिक छलफल सुरु गरेको छ।
प्रधानको सिफारिसबारे निर्णय लिन कांग्रेस–एमाले आन्तरिक छलफलमा

काठमाडौं, साउन १४ : प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको विषयमा निर्णय लिन नेपाली कांग्रेस र नेकपा एमाले आन्तरिक छलफलमा जुटेका छन्।

अहिले कांग्रेस संसदीय दलको कार्यलयमा कांग्रेसका सांसदहरुले आन्तरिक छलफल भइरहेको छ। एमालेले पनि आन्तरिक छलफल सुरु गरेको छ।

Hardik ivf

प्रधानलाई संवैधानिक परिषदको सिफारिस अनुरुप निर्वाचन आयुक्तमा अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय लिन बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक डाकिए पनि पुनः ५ बजेका लागि सारिएको छ।

नियमावली अनुसार सुनुवाई शुरु भएको ४५ दिनभित्र संसदीय सुनुवाइ समितिले अनुमोदनका बिषयमा निर्णय लिन नसकेमा स्वतः नियुक्त हुने व्यवस्था छ। उक्त समय अब तीन दिन मात्र बाँकी छ।

जसअनुसार साउन १७ गतेसम्म प्रधानको अनुमोदनका विषयमा संसदीय सुनुवाई समितिले निर्णय गरिसक्नुपर्छ। संभवतः समितिले आजै निर्णय लिनेछ।

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्